नियम २३
धितोपत्रको सूचीकरण तथा नवीकरण

(१) धितोपत्रको सूचीकरणको निमित्त नियम २२ बमोजिम निवेदन प्राप्त हुन आएपछि धितोपत्र बजारले आवश्यक जाँचबुझ
गरी धितोपत्र सूचीकरण गर्न उपयुक्त देखेमा निवेदन प्राप्त भएको मितिले तीस दिन भित्र धितोपत्र सूचीकरण गरी निवेदकलाई अनुसूची–१० बमोजिमको ढाँचामा जानकारी दिनु पर्नेछ र धितोपत्र सूचीकरण गर्न नमिल्ने भए निवेदकलाई सोही कुराको जानकारी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम धितोपत्र सूचीकरण गराएका संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महीना भित्र अनुसूची–९ मा तोकिए बमोजिमको वार्षिक शुल्क बुझाई धितोपत्र सूचीकरणको नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सूचीकरण नवीकरण नगराइएको धितोपत्र विनिमय गर्न पाइने छैन ।
(४) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन बमोजिम सूचीकरण गर्नु नपर्ने गरी छुट पाएका धितोपत्र विनिमय